Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

चालकको लापरबाहीले हेलिकप्टर दुर्घटना भयोः प्राधिकरण

चालकको लापरबाहीले हेलिकप्टर दुर्घटना भयोः प्राधिकरण

  • बिहिवार, श्रावण २४ २०८१

  • 281
    SHARES

  • चालकको लापरबाहीले हेलिकप्टर दुर्घटना भयोः प्राधिकरण

    काठमाडौं । हिजो नुवाकोटमा भएको हेलिकप्टर दुर्घटनामा चालकको लापरबाहीको कारण रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले दाबी गरेको छ। प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले आज संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा चालक दलको कमजोरी कारण एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको प्रारम्भिक प्रतिक्रिया दिनुभएको हो ।

    उहाँले त्यसको विस्तृत वितरण भने सरकारले गठन गरेको छानविन समितिले दिने पनि बताउनुभयो।सिभिल एभिएशनको भिजियोल फ्लाईट रुट (भिएफआर)ले अनुमति नदिएको खराब मौसम बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा सो दुर्घटना भएको प्राधिकरणको दाबी छ ।

    महानिर्देशक अधिकारीले भिएफआरको अनुमति विपरित हेलिकप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिवन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको दलिल पेश गर्नुभयो ।साउन २३ गते बुधवार (हिजो) सो हवाईजहाज दुर्घटना हुँदा चार जना चिनियाँ नागरिकसहित ५ जनाको मृत्यु भएको थियो ।

     


    बिहिवार, श्रावण २४ २०८१०३:३१:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij