Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

उपत्यकासहित देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा

उपत्यकासहित देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा

  • बिहिवार, श्रावण २४ २०८१

  • 372
    SHARES

  • उपत्यकासहित देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा

    काठमाडौं । काठमाडौं उपत्यकासहित देशका केही भूभागमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    कोशी र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    कोशी, मधेश र बागमती प्रदेशमा अहिले साधारणदेखि पूर्णतया बदली छ। बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ।

    दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

     


    बिहिवार, श्रावण २४ २०८१०७:३५:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij