Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

नुवाकोटमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

नुवाकोटमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

  • बुधवार, श्रावण २३ २०८१

  • 9.4K
    SHARES

  • नुवाकोटमा हेलिकप्टर दुर्घटना, ४ जनाको मृत्यु

    काठमाडौँ । नुवाकोटमा हेलिकप्टर दुर्घटनामा परेको छ। काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । दुर्घटनामा हेलिकप्टरमा सवार ४ जनाको मृत्यु भएको छ ।

    हेलिकप्टर बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको खुलेको छ। नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएको जनाएको छ ।

    नुवाकोटको शिवपुरी गाउँपालिका १ स्थित गुर्जेमा भएको दुर्घटनामा ४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर उद्धार कार्य सुरु भइसकेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।

     


    बुधवार, श्रावण २३ २०८१०२:५९:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij