Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

पत्रकार बर्माको ७९ वर्षको उमेरमा निधन

पत्रकार बर्माको ७९ वर्षको उमेरमा निधन

  • शुक्रवार, कार्तिक २१ २०७७

  • 1.1K
    SHARES

  • पत्रकार बर्माको ७९ वर्षको उमेरमा निधन

    काठमाडौँ – पत्रकार सीतारामप्रसाद बर्माको निधन भएको छ । नेपाल पत्रकार महासंघ धादिङका संस्थापक सभापति बर्माको आज बिहान उपचारका क्रममा ७९ वर्षको उमेरमा निधन भएकोहो ।

    किष्ट मेडिकल कलेज ग्वार्को ललितपुरमा उपचाररत बर्मा उच्च रक्तचाप र निमोनियाबाट पीडित हुनुहुन्थ्यो । कोरोना देखिएका बर्मा संक्रमण बाट भने मुक्त भैसक्नुभएको थियो ।

    बर्माले नेपाल प्रेस काउन्सिलबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाउनुभएको थियो । गोरखा पुख्र्यौली थलो भई धादिङलाई कर्मथलो बनाएका बर्माका श्रीमती, एक छोरा र तीन छोरी छन् । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार हुँदै छ ।


    शुक्रवार, कार्तिक २१ २०७७०८:४२:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij