Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

बागलुङमा पहिरोमा परी ८ जनाको मृत्यु

बागलुङमा पहिरोमा परी ८ जनाको मृत्यु

  • मंगलवार, श्रावण २२ २०८१

  • 1.2K
    SHARES

  • बागलुङमा पहिरोमा परी ८ जनाको मृत्यु

    काठमाडौं। बागलुङको बडिगाडमा पहिरोमा परी ८ जनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर १० दर्लिममा ६ जना र वडा नम्बर ९ को बलघाँसमा २ जना गरी आठ जनाको मृत्यु भएको हो ।

    प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीका अनुसार बडीगाड गाउँपालिका १० मा घरगोठ बगाउँदा ७ वर्षीया मालती बुढा, ७ वर्षीया मधु बुढा, सञ्जु विककी ६ महिने नाबालिका छोरी, १३ वर्षीय मनोज बुढा, अन्दाजी १२/१३ वर्षका अमन बुढा र ५९ वर्षीय मैतीदेवी विकको मृत्यु भएको हो।

    यसैगरी संगीता बुढा, सुमित्रा विक, सीता थापा र मंगलसिंह बुढा घाइते भएका छन्। यसैगरी वडा नम्बर ९ मा १५ वर्षीय विधान परियार र गंगा विकको मृत्यु भएको छ। घाइतेहरुलाई उद्धार गर्न जिल्ला सदरमुकामबाट हेलिकोप्टर पठाउन लागिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

     


    मंगलवार, श्रावण २२ २०८१०३:३९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij