Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

चितवनमा पहिरोबारे अध्ययन गर्न गठित कार्यदलले गृहमन्त्रीलाई प्रतिवेदन बुझाउँदै

चितवनमा पहिरोबारे अध्ययन गर्न गठित कार्यदलले गृहमन्त्रीलाई प्रतिवेदन बुझाउँदै

  • मंगलवार, श्रावण २२ २०८१

  • 412
    SHARES

  • चितवनमा पहिरोबारे अध्ययन गर्न गठित कार्यदलले गृहमन्त्रीलाई प्रतिवेदन बुझाउँदै

    काठमाडौं । चितवनमा पहिरोले दुई वटा बस बगाएकोबारे अध्ययन गर्न गठित कार्यदलले आज गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाउँदैछ।

    दिउँसो साढे १ बजे गृहमन्त्री लेखकलाई प्रतिवेदन बुझाउने कार्यक्रम रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

    गत असार २८ गते बिहान ३ बजे सिमलताल भन्ने स्थानमा वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नं र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो।

    दुई बसमा ६५ यात्रु सवार थिए। ती मध्ये ३७ जना अझै बेपत्ता छन्। भारतीय गोताखोरले पनि खोज्दा पनि बेपत्ता दुई बस र ती यात्रुको अवस्था अझै अज्ञात छ।

    गृहमन्त्री रमेश लेखकले सो दुर्घटनाबारे अध्ययन गर्न कार्यदल गठन गरेका थिए। लेखकले सहसचिव छवि रिजालको नेतृत्वका ३ सुरक्षा निकायका ३ जना, भौतिक मन्त्रालयका १ जना गरी ५ जना रहेका छन्।


    मंगलवार, श्रावण २२ २०८१०७:५०:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij