काठमाडौं । काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा गएरातिदेखि लगातार वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सर्ने क्रममा रहेकाले विभिन्न ठाउँमा ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लगातारको वर्षाका कारण नदि तटिय क्षेत्रमा बाढीको जोखीम र डुबानको आँकलन गरिएको छ । यात्रा गर्दा सावधानी अपनाउन महाशाखाकाले अनुरोधसमेत गरेको छ ।
आजदेखि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने भन्दै जल तथा मौसम विज्ञान विभागले खतराको सूचना अर्थात् ’रेड अलर्ट’ जारी गरेको छ । विभागले आज र भोलिका लागि ३४ वटा जिल्लामा रेड अलर्ट जारी गरेको हो ।
आज र भोलि बाढी, पहिरो र डुबान हुन सक्ने भन्दै विभागले सतर्कता अपनाउन आग्रह पनि गरेको छ ।