Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कहिले सुधार होला सातदोबाटो गोदावरी सडक ?

कहिले सुधार होला सातदोबाटो गोदावरी सडक ?

  • शुक्रवार, कार्तिक २१ २०७७

  • 1.3K
    SHARES

  • कहिले सुधार होला सातदोबाटो गोदावरी सडक ?

    ललितपुर । गोदावरीका राजु विष्ट दैनिक घर कार्यालय आवतजावत गर्छन् । उनले दैनिक यसरी आवतजावत गर्दा  पानी गर्दा हिलाम्मे र  घाम लाग्दा घुलाम्मे  र खाल्डाखुल्डी सडकको निकै सामना गर्नुपरिरहेको छ ।  कोरोनाको जोखिम बढ्दो छ । सडकको अवस्थाले उहाँलाई घरबाट बाहिर निस्कन दिक्क लाग्छ । 

    यसैगरी गोदावरी वडा नं ४ बडिखेलका पुरुषोतम आचार्य पनि दैनिक घर र कार्यालय गर्नुहुन्छ । यहाँले पनि सोही सडक खण्ड भएर यात्रा गर्नुपर्ने हुन्छ । अर्को मार्ग अपनाएर हिँड्दा लामो दूरी पार गर्नुपर्ने भएकाले उनी सधै यसै सडकको प्रयोग गर्न बाध्य भएका छन् । आफ्नै साधन प्रयोग गरेर हिड्दा समेत सडकमा खाल्डाखुल्डी भएका कारण धैरै पटक आफू चिप्लिएर लडेको उनले बताए । “कति पटक हिलाम्मे सडकमा लडिसके । कुनै दिन यस्तै गरी चिप्लिएर अन्य सवारीसाधनसँग ठोकिएर ठुलो दुर्घटनामा परिएला भन्ने डर लागिरहन्छ ।” 

     

    उनले सातदोवाटोदेखि बडिखेल आउन लगभग ११ किलोमिटर सडक पार गर्नुपर्छ । सो सडक अस्तव्यस्तताका कारण यती दूरीको यात्रा छिचोलेर हिड्न पनि उहाँलाई समस्या भइरहेको छ । लामो सयम सडक जाममा परेका बेला सुस्केरा हाल्दै उनले प्रश्‍न गरे,“खोइ, कहिले बन्ला यो सडक ? ।”

    त्यसैगरी वडा नं १४ बाडेगाउँका गोविन्द महर्जन पनि यस सडक पार गरेर दैनिक आफ्नो व्यवसाय  सम्हाल्न हिड्छन् । पाका उमेरका उहाँलाई  समय समयमा औषधिउपचार लगायत काममा खटिरहनुपर्ने कारण दुई पाङ्ग्रे सवारी चढ्दा धुलोले श्वास फेर्न ग्राहो हुने त चार पाङ्ग्रे सवारी चढ्दा खाल्डाखुल्डीका कारण सडकमा  उफ्रिएर पेटको लाम्टानै चुड्डेला जस्तो भएर कयौँ दिन ओच्छान पर्ने गरेको दुःखेसो गरे ।  

    उनीहरु त यस सडक खण्ड यात्रा गर्ने एक प्रतिनिधि पात्र मात्रै हुन । उनीहरु जस्तै अन्य मानिसले हरेक दिन यस सडक भएर खाल्डाखुल्डी, हिलो र जामको सामना गर्दै हिड्न बाध्य भइरहेका छन् । 

    ती सङ्ख्याका यात्रीमा केहीमा दीर्घ रोग त कोही गर्भवती अनि केही सुत्केरी समेत हुने हुँदा यस्तो अवस्थामा यस्तो सडकमा कसरी उफ्रिएर हिड्न बाध्य भएका होलान ? यो कुरा कल्पना समेत पनि गर्न सकिँदैन । 

    सातदोवाटोदेखि हात्तिवनसम्मको सडक यात्रा गर्न खासै छैन । हात्तिवन माथि हरिसिद्धिदेखि गोदावरीसम्मकै सडक पार गर्न कठीन रहेको छ ।  गत असोज १५ गतेदेखि यथाअवस्थामा सडक कालोपत्र गर्ने भनिएर हरिसिद्धिको मुल  सडक निर्माणको काम भइरहेको छ ।  सो सडकमा ढल निकास र नाली व्यवस्थापनको काम भइरहँदा यसले समेत यात्रीलाई हिलो र धुलोको समस्या बढाइरहेको छ ।  

    सो क्षेत्रमा ढल खनेर पाइप विच्छाउने र मंगाल बनाउने काय जारी रहँदा यो कहिले सकिन्छ भन्ने यकिन गर्न नसकिरहेको वडा नं २८ का वडाध्यक्ष राजेश महर्जनको बतए । उनले भने, “हामीले एकतर्फ यी काम अघि बढाइरहेका छाँै भने अर्काेतर्फ दिनभरी यात्रा गर्ने सवारी साधनले आउने र जाने क्रम काम ढिलाइ भइरहेको छ । ”

    सडकमा ढल खनेर पाइप राख्ने र मंगाल हाल्ने काम भइरहदा हिलोको कारण कयौँ यात्री लड्नुका साथै सवारीसाधन पनि हिलोमा फसेर निकाल्नु परिरहेको उनको भनाइ छ । 

    मंगाल बनाउन खनिएको प्वालमा आज बिहानमात्रै एक सवारीसाधन फसेर झिकेको बताइएको छ ।  हाल निमाणाधीन सो सडकको काम समाप्त गर्न अझै एक महिना समय लाग्ने अनुमान गरिएको छ । निर्माणाधीन सडकमा रोडा हाल्दा हिलो माथी माथी आएर साना गाडीको तुलनामा ठुलालाई यात्रा गर्न कठिन भइरहेको छ । ढल निकासको काम बेलुका गर्न नमिल्ने र उज्यालोमा नै गर्नुपर्ने सम्बन्धित व्यक्तिको भनाइ छ ।
     
    यसका साथै  ठैव, बाडेगाउँ, टौखेल हुँदै गोदावरीसम्म पुग्न चार वर्ष अघिदेखि यहाँका यात्रीलाई कठिनाइ भइरहेको छ । सातदोवाटो गोदावरी क्षेत्र चल्ने सावरीसाधनका साथै यस भेगमा रहेका घरहरु पनि आजभोलि सडकका कारण हिलो र धुलोले हेर्न नहुने भइरहेका देखिन्छन् । सो क्षेत्रको सडक कहिले मर्मत, सुधार र कालोपत्र हुन्छ भन्ने कुराको जानकारी कसैलाई पनि छैन । 


    शुक्रवार, कार्तिक २१ २०७७०६:२१:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij