Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

आज भोटो देखाउने जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज भोटो देखाउने जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

  • आइतवार, श्रावण २० २०८१

  • 708
    SHARES

  • आज भोटो देखाउने जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

    काठमाडौं । आज भोटो जात्रा, रातो मत्स्येन्द्रनाथको रथ बिहीबार लगनखेलबाट तानेर जावलाखेल पुर्‍याएसँगै आज भोटो देखाइने भएको छ ।

    भोटो जात्रा देखाइसकेपछि मत्स्येन्द्रनाथलाई रथबाट ओराली खटमा राखी बाजागाजाका साथ बुङगमती पुर्‍याइनेछ । परम्परा अनुसार रातो मस्त्येन्द्रनाथलाई सुर्य दक्षिणायण हुँदा ६ महिना बुङमती र उत्तरायण हुँदा ६ महिना पाटनमा राख्ने चलन छ ।

    वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको भोटो देखाउने जात्रामा नागलोकबाट प्राप्त मणि, माणिक्य आदि बहुमूल्य वस्तु जडित प्राचिन भोटो अवलोकन गर्न राष्ट्रप्रमुखलगायत विशिष्ट व्यक्तित्वहरु उपस्थित हुने चलन छ ।

    आज भोटोजात्रा समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट व्यक्तिहरु सहभागी हुने कार्यक्रम रहेको गुठी संस्थान ललितपुरले जनाएको छ ।

    मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदादेखि शुरु भएर झण्डै दुई महिनासम्म सञ्चालन हुन्छ । भोटो जात्राको अवसरमा काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा दिइएको छ ।


    आइतवार, श्रावण २० २०८१०७:५८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij