Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

देशभरको मौसम आज कस्तो रहला ?

देशभरको मौसम आज कस्तो रहला ?

  • शनिवार, श्रावण १९ २०८१

  • 537
    SHARES

  • देशभरको मौसम आज कस्तो रहला ?

    काठमाडौं । उपत्यकासहित आसपासका क्षेत्रमा गएरातीदेखिको वर्षा रोकिएको छ । वर्षा रोकिएसंगै मौसममा सुधार देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान कोशी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही तथा मधेश र कर्णाली प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कोशी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

    राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

     

     


    शनिवार, श्रावण १९ २०८१०६:५७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij