काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल)मा टि–ट्वान्टी क्रिकेटअन्तर्गत आज पहिलो क्वालिफायरको खेल हुँदैछ । जसका लागि मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
साविक विजेतासमेत रहेको मुम्बईले दुबईमा दिल्लीको सामना गर्नेछ । मुम्बई र दिल्लीबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा मुम्बई र दिल्ली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदानमा उत्रने छन् ।
आज जित्ने टिम सिधै फाइनलमा जाने छ । साथै, हार्ने टिमलाई अर्को एक मौका मिल्नेछ । साथै, हार्ने टीमले ६ नोभेम्बरमा हुने एलिमिनेटरको विजेतासँग भिड्नुपर्नेछ ।