Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पार्टीप्यालेस, मल र रेष्टुरेन्टमा सादा पोशाकका प्रहरी

पार्टीप्यालेस, मल र रेष्टुरेन्टमा सादा पोशाकका प्रहरी

  • मंगलवार, आषाढ २३ २०७७

  • 803
    SHARES

  • पार्टीप्यालेस, मल र रेष्टुरेन्टमा सादा पोशाकका प्रहरी

    गृहमन्त्रालयले मास्क नलगाई हिड्नेलाई ठाउँको ठाउँ कारवाही गर्न परिपत्र जारीगरेसँगै  काठमाडौं प्रमुख जिल्ला अधिकारी अनुुगमनमा निस्कनु भएको छ । तीन महिनादेखि सरकारले मास्क लगाउन, सामाजिक दुरी कायम गराउन, अत्यावश्यक काम काम घर बाहेक बाहिर ननिस्कन बिहानको ५.०० बजेदेखि रातको १२ बजेसम्म सूचना, बिज्ञापनवाट मात्रै नभइ मोवाइलमा रिङ व्याक ट्यून राख्दा समेत परिपालन नभएपछि ठाउँको ठाँउको कारवाही गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल अनुुगमनमा निस्कनुु भएको हो ।

    सरकारले कारवाही गर्ने भन्दाभन्दै उलघंन गर्ने धेरै  भएकाले कारवाहीको प्रकृया सुरु गरेको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुुभयो । उहाँले भन्नुुभयो,‘ हामीले बारम्बार अनुरोध गर्दा पनि धेरैले नमानेपछि बाध्य भएर कारवाही सुरु गरेका छौं, पहिलो चरणमा एक सय रुपियाँ जरिवाना गर्छाैै, त्यो भएन भने संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्छाै ।’

    संक्रामक रोग ऐन २०२० ऐनले पहिलो पटक एक सय रुपियाँसम्म जरिवाना र एक महिनासम्म कैद र दोस्रो पटकसम्म सोही व्यक्तिले सरकारले निर्देशन पालना नगरे छ महिनासम्म कैद छ सय रुपियाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको प्रमुुख जिल्ला अधिकारी दाहालले भन्नुुभयो ।

    काठमाडौं उपत्यकामा आवातजावत गर्ने १५ देखि २० प्रतिशतले मास्कको प्रयोग नगरेको पाइएको र गृहमन्त्रालयवाट समेत परिपत्र भएसँगै कारवाहीको प्रकृया अघि बढाइएको उहाँले बताउनुुभयो ।  ‘ अनुुहार हेरिन्न मास्क नलगाउनेलाई ठाउँको ठाउँ कारवाही गरिन्छ’ प्रमुख जिल्ला अधिकारीले भन्नुुभयो । विश्व स्वास्थ्य संगठनले समेत काठमाडौंमा कोरोनाको उच्च जोखिम रहेकाले सावधानी अपनाउन आग्रह गरेकोमा अब प्रशासनले मुख हेरेर बस्न नसक्ने प्रजिअ दाहालले बताउनुुभयो ।

    उहाँले पार्टीप्यालेस, ठूला मल र रेष्टुरेन्टहरुमा निगरानी बढाउन सादा पोशाकमा प्रहरी समेत परिचालन गरेको बताउनुुभयो । जोखिम अत्याधिक बढेकाले केही खुकुुलो जस्तो देखिएको लकडाउनलाई कडाइका साथ कार्यान्वयन गरिने उहाँले बताउनुभयो ।  उहाँले मास्कको प्रयोग गर्न सामाजिक दुरी कायम गराउन सबैलाई अनुरोध गर्नुुभएको छ । सरकारले निक्कै अनुरोध गरेको कुरालाई र कार्यान्वयन गराउने भन्दा उलंघन गर्ने पक्षको संख्या धेरै देखिएकाले अब आक्रमक रुपमा कारवाही गरिने उहाँले बताउनुुभयो । मंगलबार दिनभर आफूूपनि अन दी स्पट कारवाहीको लागि ठाउँठाउँमा जाने उहाँले बताउनुुभयो ।

    गृहमन्त्रालयको परिपत्र लगत्तै जिल्ला प्रशासन कार्यालय ललितपुरले सुरक्षा संयन्त्रको बैठक बसेर कारवाहीको प्रकृया सुरु गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सुरक्षा निकायसँग समन्वय गरेर कारवाही प्रकृया अघि बढाएको बताउनुुभयो ।

    मास्कको प्रयोग नगर्ने र सामाजिक दुरी कायम नगर्नेहरुलाई कारवाही गर्नेछौं उहाँले भन्नुुभयो । विश्व स्वास्थ्य संगठनले समेत राजधानी निक्कै जोखिम भएकाले जोखिम कम गर्ने प्रयास सुरु गरेको र अटेर गरेमा कारवाही गर्ने बताउनुुभयो । सपिङ मल र सार्वजनिक स्थानहरुमा ललिलपुरमा समेत सादा पोशाकका प्रहरी खटाइएको उहाँले बताउनुुभयो ।

    जिल्ला प्रशासन कार्यालय भक्तपुरले मंगलबार बिहानैदेखि मास्कको प्रयोग गर्न र सामाजिक दुरी कायम गराउन माइकिङ गरेको छ । भक्तपुरको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आजदिनभरी माइकिङ गर्ने र भोलिवाट कारवाही तथा अनुुगमन गर्ने बताउनुुभयो ।


    मंगलवार, आषाढ २३ २०७७०२:३४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij