काठमाडौं । बल्खुमा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको बाढीले बगाउँदा बल्खु खोलामा प्रहरीले एक जनाको शव फेला पारेको हो ।
उता, रुपन्देहीको तिनाउ, नवलपरासी र चितवनको नारायणी र सिन्धुपाल्चोकको कोशीमा अहिले नदीको सतहले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं उपत्यका प्रहरी परिसरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले बल्खुमा एक जनाको शव भेटिएको बताउनुभयो । उनको बाढीमा डुबेर मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । शवको सनाखत हुन भने बाँकी छ ।