Aug 02 2026 | २०८३, श्रावण १७ गते

२०८३, श्रावण १७ गते
  • यो साता चर्चामा :
images

आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता

आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता

  • बुधवार, श्रावण १६ २०८१

  • 550
    SHARES

  • आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता

    काठमाडौं । नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । 

    पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन् ।
     
    जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा पाँचवटा, २०७४/०७५ मा चारवटा, २०७५/०७६ मा चारवटा सवारीसाधन बेपत्ता भएका हुन् । 

    २०७६/०७७ मा एउटा, २०७७/०७८ मा एउटा, २०७९/०८० मा एउटा र २०८०/०८१ मा पाँचवटा सवारीसाधन बेपत्ता भएका हुन् । बेपत्ता भएका सवारीसाधनमध्येबाट आव २०७३/०७४ मा १४, २०७८/०७९ मा चार र २०८०/०८१ मा ३७ जना बेपत्ता भएका हुन् । 
     
    उक्त अवधिमा उक्त सडकखण्डमा ६६ वटा सवारी साधन दुर्घटना भएका थिए । आव २०७३/०७४ देखि २०८०/०८१ सम्ममा ४० ट्रक, नौ बस, १२ कार, तीन मोटरसाइकल र दुईवटा अन्य सवारीसाधन दुर्घटनामा परेका हुन् ।


    बुधवार, श्रावण १६ २०८१०८:११:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij