काठमाडौं। पोखरामा स्कुल बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
आज बिहान पोखरा २१बाट विद्यार्थी बोकेर पोखरा १७मा रहेको एलपी देवकोटा विद्यालयतर्फ आउँदै गरेको बस पोखरा २१स्थित थुन्कु भन्ने ठाउँमा दुर्घटनामा हुँदा विद्यालयकै स्टाफ ३३ वर्षीय आरती विकको मृत्यु भएको र चालक, सहचालकसहित ३० जना घाइते भएका प्रहरीले जनाएको छ।
उक्त दुर्घटनामा परि कास्की प्रहरीका सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माकाअनुसार घाइतेको पोखराको गण्डकी मेडिकल कलेज, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।