Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

आजको मौसम : यी प्रदेशमा हुनेछ भारी वर्षा

आजको मौसम : यी प्रदेशमा हुनेछ भारी वर्षा

  • सोमवार, श्रावण १४ २०८१

  • 895
    SHARES

  • आजको मौसम : यी प्रदेशमा हुनेछ भारी वर्षा

    काठमाडौं। नेपालमा यतिबेला देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसकारण अहिले देशभर साधारणतया बदली रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै साथै कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

    मधेश प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।यस्तै आज राती देशभर साधारणतया बदली रहने छ ।

    सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

    कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

     


    सोमवार, श्रावण १४ २०८१०६:४१:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij