Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

आज केहि स्थानमा वर्षाको सम्भावना

आज केहि स्थानमा वर्षाको सम्भावना

  • आइतवार, श्रावण १३ २०८१

  • 418
    SHARES

  • आज केहि स्थानमा वर्षाको सम्भावना

    काठमाडौँ । काठमाडौं उपत्यकासहित देशका अधिकांश ठाउँमा गएरातीदेखिको पानी रोकिएसंगै मौसममा सुधार आएको छ । तर केहि स्थानमा भने अहिले पनि पानी परिरहेको छ ।

    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशीलगायत बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति देशभर साधरणतया बदली रहने छ।


    आइतवार, श्रावण १३ २०८१०६:५४:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij