काठमाडौं। धनगढीको नोभा हस्पिटलमा प्रहरीसँग झडप भएपछी तनाव सिर्जना भएको छ। उपचारका क्रममा बिरामीको मृत्यु भएपछि मृतकका आफन्त र प्रहरीबीच झडप भएको हो ।
उपचारका लागी ७ साउनमा अस्पताल भर्ना भएका कञ्चनपुर बेलौरीका १७ वर्षीय नसिब चौधरीको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको थियो। अस्पतालको लापरवाहीका कारण चौधरीको मृत्यु भएको भन्दै विरामीका आफन्तले ढुंगामुढा प्रहार गर्न थालेपछि प्रहरीसँग झडप भएको हो।
विरामीका आफन्तले ढुंगामुढा गर्न थालेपछि स्थीति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास पनि प्रहार गरेको प्रहरी निरीक्षक गंगादत्त बढूले जानकारी दिनुभयो। अहिले दुईपक्षबिच वार्ता सुरु भएपछी अवस्था सामान्य छ।