Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

धनुषामा युवकलाई रेलले किच्यो

धनुषामा युवकलाई रेलले किच्यो

  • शनिवार, श्रावण १२ २०८१

  • 895
    SHARES

  • धनुषामा युवकलाई रेलले किच्यो

    काठमाडौं। धनुषामा रेलले चेपिएर एक युवक गम्भीर घाइते भएका छन्। भंगहा –जनकपुर – जयनगर रेल्वेको लिकमा परेर जनकनन्दनी गाउँपालिका– ३ महुवाका मिश्री दासका अन्दाजी ३५ बर्षिय छोरा श्रीराम दासको दुवै खुट्टा गुमेको छ ।

    रेलको लिक छेउबाट हिडिरहेका युवक आज बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेल्वे लिकमा परेर खुट्टा काटिएको हो। रेलको लिक छेउबाट हिड्ने बाटो छ।

    जयनगरबाट फर्किरहेको रेलले हर्न दिएपछि उनी अलमलिएर रेलकै लिकमा परेपछि दुबै खुट्टा गुमेको रेल्वे विभागका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रवक्ता दयाराम पौडेलले जानकारी दिनुभयो। दासको उपचारको लागि तत्कालै जनकपुर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।

     


    शनिवार, श्रावण १२ २०८१०२:५३:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij