काठमाडौं। गत बुधबार भएको सौर्य एयरको विमान दुर्घटनाका घाइते भएका पाइलट (क्याप्टेन) मनीषरन्त शाक्यलाई आईसीयूबाट नर्मल वार्डमा सारिएको छ।
काठमाडौ मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक प्रा.डा. मीना थापाका अनुसार शाक्यको स्वास्थ्यमा उल्लेख्य सुधार अएपछी आज बिहान आईसीयूबाट सारिएको हो ।