Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी आज पनि जारी

त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी आज पनि जारी

  • शुक्रवार, श्रावण ११ २०८१

  • 410
    SHARES

  • त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी आज पनि जारी

    काठमाडौं । त्रिशूली नदीमा बेपत्ता दुई बस र यात्रुको खोजी आज पनि जारी छ ।

    नेपाल भारतका संयुक्त सुरक्षा फौजबाट खोजतलास चलिरहे पनि अहिलेसम्म बेपत्ता बस र बाँकी यात्रुको बारेमा पत्ता लाग्न सकिरहेको छैन । ६ दिन अघिदेखि सशस्त्र प्रहरी बल नेपालको गोताखोरसहित छिमेकी राष्ट्र भारतको राष्ट्रिय आपदा मोचन बलबाट १२ जनाको प्राविधिक टोलीले संयुक्त रुपमा खोजी गरिरहेको छ ।

    सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय सहप्रवक्ता, प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाकाअनुसार सिमलतालदेखि भारतीय सीमा क्षेत्र गण्डक ब्यारेजसम्मै विभिन्न क्षेत्रबाट टोली परिचालन गरेर खोजी भइरहेको छ । गत शनिवार चितवन आइपुगेको भारतीय प्राविधिकसहितको टोलीले आइतवार बिहानदेखि खोजी थालेको थियो ।

    दुई हप्ताअघि असार २८ गते नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा भएको दुर्घटनामा हराइरहेका यात्रुमध्ये अहिलेसम्म २४ जनाको शव भेटिएको छ ।

    दुई बसमा रहेका ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका छन् । दुई बससँगै ३८ यात्रुको अवस्था अहिलेसम्म पनि पत्ता लाग्न सकेको छैन ।


    शुक्रवार, श्रावण ११ २०८११०:५५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij