Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

पहिरोमा पुरिएर रामेछापमा तीन जनाको मृत्यु

पहिरोमा पुरिएर रामेछापमा तीन जनाको मृत्यु

  • शुक्रवार, श्रावण ११ २०८१

  • 549
    SHARES

  • पहिरोमा पुरिएर रामेछापमा तीन जनाको मृत्यु

    काठमाडौं । वर्षापछिको पहिरोमा पुरिएर रामेछापमा तीन जनाको मृत्यु भएको छ।

    गोकुलगंगा गाउँपालिका–६ फर्पु मा गएराति पहिरोमा परेर तीन जना किशोरीको मृत्यु भएको प्रहरीको भनाइ छ।

    स्थानीय बिमा तामाङ्गको घर माथिबाट आएको पहिरोले पुरेर घर भित्र आगो ताप्दै गरेका १७ वर्षकी सिता तामाङ्ग, १४ वर्षकी आसिका तामाङ्ग र १३ वर्षकी लक्ष्मी तामाङ्गको मृत्यु भएको होे।

    स्थानीय गोपी तामाङ्गका अनुसार रोपाईं गरेर घर आएका तीन जना किशोरीहरु आगो बालेर ताप्दै गर्दा घर माथिको डिस्को भत्किएर लेदो घर भित्र पस्दा लेदोले पुरिएर तीनै जनाको मृत्यु भएको हो।

     

     


    शुक्रवार, श्रावण ११ २०८१०७:०३:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij