Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

सौर्य एयरलाइन्सले व्यवस्थापन टिमका उच्च अधिकारीहरू गुमायो

सौर्य एयरलाइन्सले व्यवस्थापन टिमका उच्च अधिकारीहरू गुमायो

  • बुधवार, श्रावण ९ २०८१

  • 895
    SHARES

  • सौर्य एयरलाइन्सले व्यवस्थापन टिमका उच्च अधिकारीहरू गुमायो

    काठमाडौं । सौर्य एयरलाइन्सले व्यवस्थापन टिमका उच्च अधिकारीहरू गुमाएको छ ।

    बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । क्याप्टेन मनिषरत्न शाक्य घाइते छन् । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले जारी गरेको यात्रुको सूची अनुसार सौर्य एयरलाइन्सका सेफ्टी प्रमुख सागर आचार्य, सीएएमओ म्यानेजर अश्विनकुमार निरौला, मर्मत म्यानेजर यज्ञप्रसाद पौडेल, क्यूए प्रमुख दिलीप बर्माको नाम उल्लेख छ ।

    बुधबार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन विमानस्थलबाट उड्नासाथ जहाज दुर्घटनामा परेको हो । यो जहाज मर्मत परीक्षणका लागि पोखरा जाने क्रममा थियो ।

    यी हुन ज्यान गुमाउने व्यक्तिहरू :

    १. सागर आचार्य (सेफ्टी प्रमुख)

    २. अश्विनकुमार निरौला (सीएएमओ म्यानेजर)

    ३. दिलीप बर्मा (क्यूए प्रमुख)

    ४. यज्ञराज पौडेल (मर्मत म्यानेजर)

    ५. एस कटुवाल (को-पाइलट )

    ६. अमितमान महर्जन

    ७. सुदीपलाल जोशी

    ८. सर्वेस मरासिनी

    ९. श्याम बिन्दुकार

    १०. नवराज आले

    ११. राजाराम आचार्य

    १२. प्रिज्जा खतिवडा

    १३. अधिराज शर्मा

    १४. उद्धव पुरी

    १५. मनुराज शर्मा

    १६. सन्तोष महतो

    १७. पून्यरत्न शाही

    १८. एरिफ रेडा (विदेशी नागरिक)


    बुधवार, श्रावण ९ २०८१०३:०२:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij