Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

स्वास्थ्य मन्त्रालयले माग्यो कर्मचारी, आजदेखि सात दिनभित्र दरखास्त दिन सकिने

स्वास्थ्य मन्त्रालयले माग्यो कर्मचारी, आजदेखि सात दिनभित्र दरखास्त दिन सकिने

  • बिहिवार, कार्तिक २० २०७७

  • 1.4K
    SHARES

  • स्वास्थ्य मन्त्रालयले माग्यो कर्मचारी, आजदेखि सात दिनभित्र दरखास्त दिन सकिने

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागले तीन महिनाकालागि कर्मचारी माग गरेको छ। सातै प्रदेशमा कोरोना सम्बन्धी कन्ट्रयाक्ट ट्रेसिंगलगायतको काम गर्नका लागि भन्दै मन्त्रालयले कर्मचारी दरखास्त आह्वान गरेको छ।

    कोरोना महामारी व्यवस्थापनमा थप सहयोग पुर्‍याउन गत भदौ ३१ को निर्णयअनुसार कर्मचारी राख्न लागिएको मन्त्रालयले जनाएको छ।

    बिरामी प्रोफाइल, प्रयोगशाला सम्बन्धी तथ्यांक व्यवस्थित गर्न स्वास्थ्य सेवा विभाग, महाशाखा, प्रदेश स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालयलगायतमा काम गर्न तीन महिना अवधिका लागि कर्मचारीहरू राख्न लागिएको हो।

    दरखास्त फारम www.dohs.gov.np मा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ। १८ वर्ष पुगेका र ४० वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन्। आजदेखि सात दिनभित्र दरखास्तका लागि समय छ।

    सिआइसिटी सहजकर्ता, अस्पताल विमारी सूचना संयोजक, प्रयोगशाला सूचना व्यवस्थापन सहजकर्ता, सूचना समायोजन तथा विश्लेषण सहजकर्तालगायत पदमा दरखास्त आह्वान गरेको हो। 


    बिहिवार, कार्तिक २० २०७७०७:२२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij