Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

नवलपुरको बुलिङ्टारमा सुख्खा पहिरोमा पुरिएका पाँच जना मजदुरको मृत्यु

नवलपुरको बुलिङ्टारमा सुख्खा पहिरोमा पुरिएका पाँच जना मजदुरको मृत्यु

  • बिहिवार, कार्तिक २० २०७७

  • 1.3K
    SHARES

  • नवलपुरको बुलिङ्टारमा सुख्खा पहिरोमा पुरिएका पाँच जना मजदुरको मृत्यु

    काठमाडौं । नवलपुरको बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरोमा पुरिएका पाँच जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत पाँच जना मजदुरहरुको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

    सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला हिजो साँझ माथिबाट खसेको पहिरोमा मजदुरहरु पुरिएका थिए । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लका अनुसार मृत्यु हुनेहरु सबै बुलिङटार–४ का बासिन्दा हुन् ।

    मृत्यु हुनेमा २० वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र ताराबहादुर लुंगेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी रहेको मल्लले जानकारी दिनुभयो
    पहिरोमा पुरिएका पाँचै जनाको शव इलाका प्रहरी कार्यालय बुलिङ्टारको टोली र स्थानीयले बाहिर निकालेका थिए ।

    पहिरोमा पुरिएर २१ वर्षीय कृष्ण लुंगेली र १९ वर्षीय केवल सिंह लुंगेली मगर घाइते भएका छन् । उनीहरुलाई करिडोरमै कार्यरत अन्य मजदुरहरुले उद्धार गरेका थिए । उनीहरु दुवै जनाको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।


    बिहिवार, कार्तिक २० २०७७०६:४३:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij