Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

होटल सांग्रिलाका सञ्चालक श्यामबहादुर पाण्डेको निधन

होटल सांग्रिलाका सञ्चालक श्यामबहादुर पाण्डेको निधन

  • सोमवार, श्रावण ७ २०८१

  • 387
    SHARES

  • होटल सांग्रिलाका सञ्चालक श्यामबहादुर पाण्डेको निधन

    काठमाडौं । लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिलाका संस्थापक अध्यक्ष तथा सञ्चालक श्यामबहादुर पाण्डेको निधन भएको छ ।

    पाण्डेको ८८ वर्षको उमेरमा सोमबार ग्रान्डी अस्पतालमा निधन भएको हो । केही वर्षदेखि स्वास्थ्य समस्या बेहोरिरहेका उनले ६० वर्षभन्दा बढी पर्यटन र होटल उद्योगको विकास र उन्नतिका लागि काम गर्नुभएको थियो ।

    होटल उद्योगका ‘लिजेन्ड’ पाण्डेले ६ दशकभन्दा बढी अवधि सक्रिय हिसाबले काम गर्नुभएको थियो। पाण्डेले चार दशकअघि होटल सांग्रिला स्थापना गर्नुभएको थियो ।

    पारिवारिक स्रोतका अनुसार पाण्डेको पार्थीव शरीरलाई अपराह्न ४ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

    पाण्डेका श्रीमती, दुई छोरा र एक छोरी छन् ।


    सोमवार, श्रावण ७ २०८१०२:२९:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij