काठमाडौं । चितवनको फिस्लिङमा पहिरो खस्दा मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।
आज बिहान पौने पाँच बजेतिर लेदो माटोसहितको पहिरो खसेपछि उक्त सडकखण्डमा यातायात सेवा पूर्ण रुपमा ठप्प रहेको प्रहरीले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार पहिरो पन्छाउने काम भइरहेको र स्थिति सहज भए सडक खुलाउन अझै दुई घण्टा लाग्ने छ । पहिरोले सडक अवरुद्ध भएपछि थुप्रै सवारी साधन र यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।