Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

रौतहटमा तनाव: झडपमा १९ सुरक्षाकर्मी घाइते

रौतहटमा तनाव: झडपमा १९ सुरक्षाकर्मी घाइते

  • शुक्रवार, श्रावण ४ २०८१

  • 4.0K
    SHARES

  • रौतहटमा तनाव: झडपमा १९ सुरक्षाकर्मी घाइते

    काठमाडौं। रौतहटमा उत्पन्न तनाबपछी झडप हुँदा १९ जना सुरक्षाकर्मी घाइते भएका छन्। राजपुर नगरपालिका वडा नम्बर ६ कुडियामा मुस्लिम धर्मालम्बीहरूको पर्व मोहरम ताजिया(दाहा)मेलामा झडप भएको हो।

    मेला मनाउन घरेलु हतियार (लठ्ठी, तरवार,भाला)सहित उपस्थित भएका मुस्लिम समुदायबिच दाहाको झण्डा गाड्ने क्रममा होहल्ला भएपछि उनीहरूले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेका थिए।

    दाहा नचाउने र झन्डा गाड्ने क्रममा उच्छृङ्खल गतिविधि भई धकेलाधकेल भएको र सो क्रममा सम्झाउन खोज्दा मेलामा सहभागी ढुंगामुढामा उत्रिएको प्रहरीले जनाएको छ।

    ढुंगामुढाबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीको २ जना गरेर १९ जना सुरक्षाकर्मी घाइते भएको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गणका एसपी विक्रम हुमागाईंले जानकारी दिनुभयो। उनीहरूको अवस्था सामान्य छ। प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रु ग्याससमेत प्रहार गरेको छ।


    शुक्रवार, श्रावण ४ २०८१०३:५३:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij