Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

कस्तो रहला आज देशभरको मौसम ?

कस्तो रहला आज देशभरको मौसम ?

  • शुक्रवार, श्रावण ४ २०८१

  • 572
    SHARES

  • कस्तो रहला आज देशभरको मौसम ?

    काठमाडौं । देशको मौसममा सुधार आएको छ । गएरातीदेखि बिहानसम्म लगातार परेको पानी अहिले रोकिएको छ र विस्तारै घाम लाग्न सुरु भएको छ ।

    कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा भइरहेको छ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

     


    शुक्रवार, श्रावण ४ २०८१०७:१९:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij