Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

सिमलताल दुर्घटना अपडेटः थप एक यात्रुको शव भेटियो

सिमलताल दुर्घटना अपडेटः थप एक यात्रुको शव भेटियो

  • बिहिवार, श्रावण ३ २०८१

  • 1.2K
    SHARES

  • सिमलताल दुर्घटना अपडेटः थप एक यात्रुको शव भेटियो

    काठमाडौं। नारायणगढ मुग्लिङ सडकखण्डअन्तर्गत पर्ने चितवनको सिमलताल पहिरोमा परेर त्रिशूलीमा बेपत्ता बसका अर्का थप एक यात्रुको पनि शव फेला परेको छ।

    भरतपुर महानगरपालिका–२६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा एक पुरुषको शव आज भेटिएको चितवन प्रहरीले जानकारी दिएको छ। शवको सनाखत भने हुन बाँकी छ ।

    शवलाई भरतपुर अस्पताल ल्याएर पोष्टमार्टम गरिँदैछ। योसँगै सिमलताल दुर्घटनामा बेपत्ता बनेका २० जनाको शव भेटिएको छ। जसमध्ये १४ जनाको सनाखत भएर परिवारले शव बुझेका छन्।

    गत असार २८ गते विहान नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ मा सिमलतालमा पहिरोले दुई वटा यात्रुबाहक बस बगाएको थियो। ६२ जना यात्रुसहित बस त्रिशूलीमा बेपत्ता भएको थियो। नदीमा अझै ४२ यात्रुको अवस्था अज्ञात छ।

     


    बिहिवार, श्रावण ३ २०८१०४:५२:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij