Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सेयर बजारमा उछाल : ५४ अंकले बढ्यो नेप्से, १२ अर्बमाथिको कारोबार

सेयर बजारमा उछाल : ५४ अंकले बढ्यो नेप्से, १२ अर्बमाथिको कारोबार

२०४ कम्पनीको मूल्य बढ्यो
  • बुधवार, श्रावण २ २०८१

  • 1.0K
    SHARES

  • सेयर बजारमा उछाल : ५४ अंकले बढ्यो नेप्से, १२ अर्बमाथिको कारोबार
    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार(आज) पनि उछाल आएको छ । आज एकै दिन ५४ अंकले नेप्से बढेसँगै नेप्सेमा उछाल आएको हो । नेप्से बढेसँगै कारोबारमा पनि उछाल आएको छ । आज एकै दिन १२ अर्ब बढीको कारोबार भएको छ । 
     
    आज नेप्से २.३३ प्रतिशतले बढेर २३६४.६३ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स २.५० प्रतिशतले बढेर ४१९.७७ विन्दुमा अडिएको छ।
     
    बुधबार कारोबार १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार रुपैयाँको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता सेयर किनबेच भएको छ । 
     
    आज ३०६ वटा कम्पनीको सेयर कारोबार हुँदा २०४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । 
     
    आज नेप्सेमा र कारोबारमा उछाल आउँदा निर्जीवन बीमा उछाल आएको छ । आज एकै दिन निर्जीवन बीमा समूह ३८२.४१ अंकले बढेर ११ हजार ८००.४४ विन्दुमा पुगेको छ ।
     
    त्यस्तै, होटल एण्ड टुरिजम ३२०.२७ अंकले बढेर ६०८१.९० विन्दुमा, जीवन बीमा २४२.२६ अंकले बढेर ११ हजार ३२८.७१ विन्दुमा, उत्पादन समूह २०७.०१ अंकले बढेर ७०८५.९५ विन्दुमा र ट्रेडिङ समूह २२९.०७ अंकले बढेर ३३६५.७१ बिन्दुमा पुगेको छ । 
     
    आज १३ वटा समूहमध्ये सबै समूहमा उछाल आएको छ । आज बढेका समूहमध्ये म्युचअल फण्ड समूह सबैभन्दा कम बढेको छ भने अन्य सबै समूह १ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । 
     
    आज ६ वटा कम्पनीको सेयर मूल्यमा ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । ४ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ।


    बुधवार, श्रावण २ २०८१०३:४९:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij