Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

बंगलादेशमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक बाहिर ननिस्कन दूतावासको आग्रह

बंगलादेशमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक बाहिर ननिस्कन दूतावासको आग्रह

  • बुधवार, श्रावण २ २०८१

  • 3.2K
    SHARES

  • बंगलादेशमा रहेका नेपालीलाई अत्यावश्यक बाहेक बाहिर ननिस्कन दूतावासको आग्रह
    काठमाडौं ।  बंगलादेशस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सचेत गराएको छ । 
     
    बंगलादेशमा जारी कोटा विरोधी प्रदर्शनहरूमा भएका झडपलाई मध्यनजर गर्दै नेपाली दूतावासले नेपाली नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सचेत गराएको हो । 
     
    आन्दोलन चर्किँदै गएपछि बंगलादेशको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा निजी विश्वविद्यालय र शैक्षिक संस्थाहरू अनिश्चतकालका लागि बन्द गरेको छ ।  
     
    दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई सुरक्षित रहन, अत्यावश्यक कामबाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्नुहुन अनुरोध गरिन्छ ।’
     
    दूतावासले कारणवश कलेज प्रशासनले होस्टेलवाट अन्य सुरक्षित स्थानमा जान निर्देशन दिएमा अथवा आफू बसेको स्थानमा सुरक्षा अवस्था प्रतिकुल भएमा दूतावासमा सम्पर्क गर्न पनि भनेको छ ।


    बुधवार, श्रावण २ २०८१०१:४९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij