Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

कुकुर मारेको निहुँमा बाबुको हत्या

कुकुर मारेको निहुँमा बाबुको हत्या

  • बुधवार, श्रावण २ २०८१

  • 589
    SHARES

  • कुकुर मारेको निहुँमा बाबुको हत्या

    काठमाडौं । पूर्वी नवलपरासीको कावासोती नगरपालिका–५ ठकुरीचोकमा १८ वर्षीय निराजन कुमालले ढुंगाले हानेर बुवाको हत्या गरेका छन् । प्रहरीका अनुसार बुधबार बिहान सवा ११ बजे १८ वर्षीय निराजनले ४३ वर्षीय बुवा प्रेमको हत्या गरेका हुन् ।

    जिल्ला प्रहरी कार्यालयका डीएसपी वेद पौडेलका अनुसार घरमा पालेको कुकुरलाई कुटेर मारेको निहुँमा बाबुछोराको झगडा भएको थियो ।

    ‘कुकुरलाई कुटेको निहुँमा झगडा हुँदा निराजनले ढुंगाले टाउकोमा हानेको र बुवाको घटनास्थलमै मृत्यु भएको पौडेलले बताउनुभयो ।


    प्रहरी टोलीले छोरा निराजनलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।


    बुधवार, श्रावण २ २०८१०१:३९:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij