Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

आज हरिशयनी एकादशी, घरको आँगनमा तुलसी रोपेर पूजा गरिँदै

आज हरिशयनी एकादशी, घरको आँगनमा तुलसी रोपेर पूजा गरिँदै

  • बुधवार, श्रावण २ २०८१

  • 654
    SHARES

  • आज हरिशयनी एकादशी, घरको आँगनमा तुलसी रोपेर पूजा गरिँदै

    काठमाडौं । आज आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी । हिन्दू धर्मावलम्बीहरुले आज आफ्नो घरको आँगनमा तुलसी रोपेर पूजा गर्दैछन् । आजको एकादशीलाई ठूलो एकादशी पनि भन्ने गरिन्छ ।

    ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल (बीज) राखिएको थियो भने त्यही दलबाट बाट तयार भएको तुलसीको बिरुवा आज हरिशयनी एकादशीको दिन सार्ने गरिन्छ ।

    यस बिरुवालाई भगवान् विष्णु र विष्णुप्रिया भन्दै चार महिनासम्म पूजा गरिन्छ । यो चार महिनाको समयलाई चतुर्मास भनिन्छ । यसैगरि कार्तिक शुक्ल एकादशी (हरिबोधिनी एकादशी)मा तुलसीको विवाह गरेपछि हरिबोधिनी) एकादशीमा चतुर्मास सकिन्छ ।

    चतुर्मासमा (हरिशयनीदेखि हरिबोधिनी एकादशीसम्म) भगवान् विष्णु क्षीरसागरमा सुत्ने भएकाले यस समयमा शुभ कर्म अथवा मांगलिक कार्य गरिँदैन ।

    वर्षभरिका एकादशीमध्ये हरिशयनी र हरिबोधिनी एकादशीको विशेष महत्व रहेको छ । चतुर्मासभित्रका एकादशीको दिन काठमाडौंका चार नारायण र बुढानीलकण्ठ मन्दिरमा भक्तजनको भीड हुने गर्दछ ।

    तुलसीलाई आयुर्वेदिक औषधिका हिसाबले पनि निकै महत्वपूर्ण मानिन्छ । आयुर्वेद पद्दतिमा तुलसीको उपयोग भिन्न औषधि बनाउन प्रयोग गरिन्छ ।


    बुधवार, श्रावण २ २०८१०७:३६:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij