Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

सङ्खुवासभामा पहिरोमा परी सासुबुहारीको मृत्युु, एक गम्भीर घाइते

सङ्खुवासभामा पहिरोमा परी सासुबुहारीको मृत्युु, एक गम्भीर घाइते

  • मंगलवार, श्रावण १ २०८१

  • 567
    SHARES

  • सङ्खुवासभामा पहिरोमा परी सासुबुहारीको मृत्युु, एक गम्भीर घाइते

    काठमाडौं। सङ्खुवासभामा पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ। आज बिहान सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा आएको पहिरोमा परी एकै घरका सासुबुहारीको मृत्यु भएको र एक जना गम्भिर घाइते भएको प्रहरीले जनाएको छ।

    पहिरोसँगै खसेको विशाल ढुङ्गाले किचेर ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया बुहारी समीक्षा राईको मृत्यु भएको हो भने ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते भएको प्रहरीको भनाई छ।

    घाइते रबिनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँस्थित सशस्त्र प्रहरी अस्पताल, बलम्बु ल्याइएको छ। बिहान साउने सङ्क्रान्ति मनाउन तयारी गरिरहेको बेला ६ जनामध्ये ३ जनालाई ढुङ्गाले किचेको हो। ढुङ्गाले किचेको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ।


    मंगलवार, श्रावण १ २०८१०४:१५:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij