Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन जना बालिकाको मृत्यु

रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन जना बालिकाको मृत्यु

  • मंगलवार, श्रावण १ २०८१

  • 453
    SHARES

  • रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन जना बालिकाको मृत्यु

    काठमाडौं । रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन जना बालिकाको ज्यान गएको छ । आठबिसकोट नगरपालिकाको गिजागार खोलामा बाढी आउँदा एक जना वेपत्ता हुनुका साथै सात जना घाइते भएका छन् ।

    गएराति आएको बाढीले आठबिसकोट नगरपालिका–१२ को झिन्चौरमा बाढीले घर बगाउँदा स्थानीय १० वर्षीया हितमाया पुन, आठ वर्षीया धनसा पुन र चार वर्षीया मनिषा सार्कीको ज्यान गएको आठविसकोट नगरपालिकाका मेयर रबी केसीले जानकारी दिनुभयो । उहाँका अनुसार डिल्लीबहादुर बुढाथोकी बेपत्ता हुनुभएको छ । उहाँको खोजी भइहेको छ ।

    घाइतेहरु १२ वर्षीय बिनय सार्की, २२ वर्षीया मनीषा पुन, २९ वर्षीया जनक खत्री, ६ वर्षीया मनसरी पुन, चार वर्षीया मेक्सन पुन, २८ वर्षीया धनमाया पुन र ६५ वर्षीया कल्पना कामीको नगर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।


    मंगलवार, श्रावण १ २०८१०७:५३:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij