Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

आजको मौसम : यी प्रदेशमा हुनेछ भारी वर्षा

आजको मौसम : यी प्रदेशमा हुनेछ भारी वर्षा

  • सोमवार, आषाढ ३१ २०८१

  • 1.6K
    SHARES

  • आजको मौसम : यी प्रदेशमा हुनेछ भारी वर्षा

    काठमाडौं। आज पनि देशका केही भू–भागमा बिहानैबाट मौसम वदलिसँगै वर्षा भइरहेको छ। आज कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

    विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ।

    कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। हाल नेपालमा मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ छ।

     


    सोमवार, आषाढ ३१ २०८१०६:२६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij