Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

नारायणीमा भेटिएको शव सिमलतालबाट हराएको बसका यात्रु भएको पुष्टि

नारायणीमा भेटिएको शव सिमलतालबाट हराएको बसका यात्रु भएको पुष्टि

  • शनिवार, आषाढ २९ २०८१

  • 1.5K
    SHARES

  • नारायणीमा भेटिएको शव सिमलतालबाट हराएको बसका यात्रु भएको पुष्टि
    काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२८ स्थित नारायणी नदी किनारमा फेलापरेको शव सिमलतालमा पहिरोले बगाएको बसका यात्रुको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले उक्त शव बेपत्ता गणपति डिलक्सका यात्रुको रहेको पुष्टि भएको जानकारी दिनुभयो ।
     
    “नदी किनारमा घोप्टो परेको अवस्थामा आज बिहान शव भेटिएको थियो । शवको साथमा केही कागजात पनि भेटिएकाले प्राप्त कागजातको आधारमा शव भारतीय नागरिक ऋषिपल साहको रहेको पुष्टि भएको छ,” प्रहरी नायब उपरीक्षक रिजालले भन्नुभयो।
     
    शव परीक्षणका निम्ति भरतपुर अस्पतालको शव गृहमा राखिएको उहाँले बताउनुभयो । ऋषिपालले नेपालमा बसेर काम गर्दै आएका उहाँका दाइ सत्यपाल साहले बताउनुभयो । सत्यपालले आज बिहान फेलापरेको शव भाइ ऋषिपलको भएको पुष्टि गर्नुभयो।
     
    भारतको सीतामरी जिल्ला बरगनिया थाना ग्राम जमुवा ९ नम्बर घर भएका २८ वर्षीय ऋषिपल काठमाडौंको जोरपाटीबाट रौतहटको गौर जान गणपति डिलक्स चढेका थिए । 
     
    हिजो शुक्रबार सीमलतालमा काठमाडौंबाट गौरतर्फ जान लागेको र वीरगञ्जबाट काठमाडौंतर्फ जान लागेको दुइटा बसलाई लेदोसहित आएको पहिरोले त्रिशूलीमा डुबाएको थियो । दुइटै बसमा सवारमध्ये तीन यात्रुले ज्यान बचाएका थिए । अन्य यात्रु त्रिशूलीमा बेपत्ता छन् ।
     
    गोताखोरसहितको प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको तालिम प्राप्त टोली हिजोदेखि नै बस र यात्रुको खोजी तथा उद्धारमा खटिएका छन् ।


    शनिवार, आषाढ २९ २०८१०५:०९:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij