Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

ढल्यो प्रचण्ड सरकार, ६३ सांसदले मात्रै दिए मत

ढल्यो प्रचण्ड सरकार, ६३ सांसदले मात्रै दिए मत

  • शुक्रवार, आषाढ २८ २०८१

  • 861
    SHARES

  • ढल्यो प्रचण्ड सरकार, ६३ सांसदले मात्रै दिए मत

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ पदमुक्त हुनु भएको छ। प्रधानमनत्री प्रचण्डको नेतृत्वमा सरकार गठन भएको १९ महिनापछि ५औं पटक प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदा दुई तिहाइ सांसदले विपक्षमा मतदान गरेपछी उहाँ पदमुक्त हुनुभएको हो। 

    प्रचण्ड २०७९ पुस ११ गते तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुनु भएको थियो। आज विश्वासको मतको मत विभाजनको बैठकमा २५८ उपस्थित थिए । प्रधानमन्त्रीको प्रस्तावको पक्षमा माओवादी, रास्वपा र नेकपा एसका ६३ सांसदले मतदान गरे।

    विपक्षमा १९४ मत प्राप्त भयो । २७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ मतको आवश्यक पर्छ। दिन्न भन्नेमा एक मत प¥यो ।कांग्रेस र एमाले मिलेर सरकार बनाउने सहमति भएपछि सरकार ढल्ने निश्चित हुँदा पनि प्रचण्डले विश्वासको मत लिनुभएको हो।

    प्रचण्ड सरकार ढलेसँगै ओलीलाई दुई तिहाइको प्रधानमन्त्री बनाउने सहमतिअनुसार कांग्रेस एमालेले नयाँ सरकार गठन प्रक्रिया अघि बढाउनेछन् ।


    शुक्रवार, आषाढ २८ २०८१०५:२६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij