Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

त्रिशूलीमा बेपत्ता २ बसका सबै यात्रुको पहिचान खुल्यो (पहिचानसहित)

त्रिशूलीमा बेपत्ता २ बसका सबै यात्रुको पहिचान खुल्यो (पहिचानसहित)

  • शुक्रवार, आषाढ २८ २०८१

  • 3.2K
    SHARES

  • त्रिशूलीमा बेपत्ता २ बसका सबै यात्रुको पहिचान खुल्यो (पहिचानसहित)

    काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा पहिरोले त्रिशूली नदीमा बेपत्ता यात्रुको पहिचान खुलेको छ।

    आज बिहान अत्यधिक वर्षासँगै आएको पहिरोले त्रिशुली नदिमा बेपक्ता प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र प्रदेश ०३००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बसमा सवार यात्रुहरूको पहिचान खुलेको हो।

    काठमाडौंको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना थिए। दुई जना बीच बाटोबाट चढेका थिए। बस किशोर कुमार चौधरीले चलाएका थिए ।

    सो बसका यात्रुहरुमा नन्दन दास, राज पटेल, प्रिन्स जैशवाल र ओकिल खाँको नाम पूरा लेखिएको छ भने नन्दु, अमिता, हरिचन्द्र, शम्भु, नवीन, ओम, राजकिशोर, शैलेन्द्र लगायतको नामबाट सिट बुक भएको छ। नन्दुको नामबाट ५ जनाको सिट, शन्तु र नवीनको नामबाट ४ जनाको सिट बुक भएको छ। जोरपाटी काउन्टरका लागि ५ सिट छुट्याइएको छ। जोरपाटीबाट चढेका यात्रुहरुको नाम उल्लेख छैन। बसमा एक दम्पतीको चारजना बच्चा समेत रहेको पाइएको छ।

    यस्तै, बेपत्ता एन्जल डिलक्स बस वीरगञ्चबाट चालकसहित २४ जना यात्रु लिएर काठमाडौंका लागि छुटेको खुलेको छ। त्यसमा केही यात्रु भारतीय पनि थिए । ेही यात्रु बाटोबाट पनि चढेको पाइएको छ।

    वीरगञ्जबाट गएराति ८ बजे काठमाडौंका लागि छुटेको बसमा वीरगन्जका चालक जवाहिर महतो, भारत घर भएका अन्सारी जी समेत २ जना, सन्तोष ठाकुर, सुरेन्द्र शाह, आदित मिया, सुनिल शाह, साहनबाज आलम, वीरगन्ज–१४ पिपरा घर भएका प्रकाश पटेलसहित दुई जना, यस्तै ठेगाना नखुलेका अरबिन्द्र दुवे, हरिन्द्र पण्डित र रामनगरी पर्सा घर भएका सुजित जीसहित दुई जना, बारा मुसहर्वा घर भएका परमानन्द जी, पर्सा रंगपुर घर भएका हृदयनारायण राउत समेत ३ जना, रघुनाथपुर घर भएका सालिम मिया सहित दुई जना, पर्सा कटिया घर भएका रैजुल आलम समेत दुई जना, डिलक्स साहु राजेन्द्र केसी, सह–चालक चौधरी थर रहेका छन्।

    त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजी कार्यका लागि सशस्त्र प्रहरी बलका ७ गोताखोरसहित ७० जनाको टोली खटिएको छ। अविरल वर्षाका कारण शुक्रबार बिहान करिब साडे ३ बजेको समयमा चितवन भरतपुर नगरपालिका–२९ सिमलताल भन्ने ठाउँमा पहिरो खस्दा दुईवटा बस त्रिशुलीमा खसेर बेपत्ता भएका हुन्।


    शुक्रवार, आषाढ २८ २०८१०४:३४:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij