Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

६५ यात्रु सवार पहिरोले बगाएको दुई बस त्रिशूलीमा बेपत्ता, खोजीकार्य जारी

६५ यात्रु सवार पहिरोले बगाएको दुई बस त्रिशूलीमा बेपत्ता, खोजीकार्य जारी

  • शुक्रवार, आषाढ २८ २०८१

  • 1.5K
    SHARES

  • ६५ यात्रु सवार पहिरोले बगाएको दुई बस त्रिशूलीमा बेपत्ता, खोजीकार्य जारी

    काठमाडौं । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गतको सिमतालमा पहिरो खस्दा २ वटा बस बगाएको छ लेदो सहितको पहिरोका कारण बसलाई बगाएर त्रिशूलीमा मिसाएको इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो । अहिले खोजीकार्य जारी छ ।

    नारायणगढबाट १७ किलोमिटर उत्तर पश्चिममा पर्ने उक्त स्थानमा बिहान साढे ३ बजेको समयमा सडकको माथिल्लो भागबाट लेदोसहितको पहिरो खस्दा बस बगाएको उहाँले बताउनुभयो । दुवै बस पहिरो खसेको स्थान पार गर्ने क्रममा माथिबाट लेदो सहितको ठुलो पहिरो खसेको उहाँको भनाइ छ ।

    बसमा यात्रारत ६५ यात्रुहरु बेपत्ता रहेको र उनीहरूको अवस्था अज्ञात रहेको छ ।

     


    शुक्रवार, आषाढ २८ २०८१०८:२४:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij