Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

लगातारको वर्षापछिको पहिरोले पुरिएर कास्कीमा ९ जनाको मृत्यु, २ बेपत्ता

लगातारको वर्षापछिको पहिरोले पुरिएर कास्कीमा ९ जनाको मृत्यु, २ बेपत्ता

  • शुक्रवार, आषाढ २८ २०८१

  • 860
    SHARES

  • लगातारको वर्षापछिको पहिरोले पुरिएर कास्कीमा ९ जनाको मृत्यु, २ बेपत्ता

    काठमाडौं । लगातारको वर्षाका कारण पहिरो जाँदा कास्कीमा ९ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा एकै परिवारका ७ जना रहेका छन् ।

    पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । बिहीबार राति सवा १० बजेतिर खसेको पहिरोमा पुरिएर ४७ वर्षीय कुलबहादुर परियार, उनको पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीय प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र तल्लाकोट बस्न राधिका परियारको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

    यसैगरी पोखरा–३२ मा चैनपुरमा आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीया अनिता ओझा र ९ वर्षीय प्रतिक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ । ११ वर्षीया अनुस्का ओझा बेपत्ता छिन् ।

    यस्तै मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङ पनि बेपत्ता छिन् । ओमबहादुर गुरुङलाई सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

    मृत्यु भएका सबैको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको छ ।

     


    शुक्रवार, आषाढ २८ २०८१०७:३३:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij