काठमाडौं । लगातारको वर्षाका कारण नारायणगढ मुग्लिन सडकको सिमलतालमा पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेका छन् । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान साढे तीन बजेको समयमा बस बगेका हुन् ।
त्यसैगरी सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको पनि प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।