Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अगुवा सेयर लगानीकर्ता पौडेलद्धारा उद्योग बाणिज्य महासंघमा उम्मेदवारी दर्ता

अगुवा सेयर लगानीकर्ता पौडेलद्धारा उद्योग बाणिज्य महासंघमा उम्मेदवारी दर्ता

  • बुधवार, कार्तिक १९ २०७७

  • 1.9K
    SHARES

  • अगुवा सेयर लगानीकर्ता पौडेलद्धारा उद्योग बाणिज्य महासंघमा उम्मेदवारी दर्ता

    काठमाडौं । नेपालको सेयरबजारमा ठुला तथा अगुवा लगानीकर्ताको रुपमा आफ्नो पहिचान बनाएका अम्बिका प्रसाद पौडेलले नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराउनु भएको छ ।

    उहाँले एसोसिएट्स तर्फबाट छानिने केन्द्रीय सदस्यका लागि उम्मेदवारी दर्ता गराउनु भएको हो  ।  वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिएका एसोसिएट्स तर्फका उपाध्यक्ष चन्द्र प्रसाद ढकालको प्यानलबाट उहाँले उम्मेदवारी दिनुभएको जनाइएको छ । 

    नेपाल इन्भेष्टर्स फोरमको अध्यक्ष समेत रहिसकेका पौडेल बिगत २५ बर्षदेखि सेयरबजारमा संलग्न हुनुहुन्छ । सेयरबजारको विकास तथा विस्तारका लागि नियामक निकायलाई सल्लाह सुझाव दिने तथा बजारको गतिलाई नजिकबाट हेरेर त्यसको सहि विश्लेषण गर्ने व्यक्तिको रुपमा पौडेललाई लिइन्छ ।

    महासंघमा मुद्रा तथा पूंजीबजारको पनि प्रतिनिधित्व हुनुपर्छ भन्ने मान्यताका साथ आफुले एसोसिएट्स तर्फको केन्द्रिय सदस्यका लागि उम्मेद्वारी दिएको उहाँले बताउनुभयो ।

    महासंघका धेरै उद्योगी तथा व्यवसायीहरुले सेयरबजारमा लगानी गरेपनि सेयरबजारबारे महासंघ छलफल नहुने गरेकाले त्यसको अभाव आफुले पुर्ति गर्ने उहाँले अठोट व्यक्त गर्नुभयो ।

    निजामति कर्मचारीका रुपमा काम गरेको अनुभव समेत रहेका पौडेलले आफु निर्वाचित भएमा नियामक निकाय तथा सरकारसंग निती तथा कार्यक्रम तर्जुमा गर्न महासंघ मार्फत् प्रभावकारी भूमिका खेल्ने दावी पनि गर्नुभएको छ ।


    बुधवार, कार्तिक १९ २०७७०७:३७:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij