Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

देशका धेरै स्थानमा लगातार वर्षा

देशका धेरै स्थानमा लगातार वर्षा

  • बुधवार, आषाढ २६ २०८१

  • 683
    SHARES

  • देशका धेरै स्थानमा लगातार वर्षा

    काठमाडौं । देशका धेरै स्थानमा गएरातीदेखि लगातार वर्षा भइरहेको छ । हिजो र अस्ती दुई दिन कम भएको पानी पर्नेक्रम फेरि सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको हो। लगातारको वर्षाका कारण जनजीवन प्रभावित बनेको छ ।

    दिउँसो पनि कोशी, मधेश, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    कोशी, मधेश र गण्डकी प्रदेशका थोरै तथा बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी र मधेश प्रदेशका एकदुई स्थानमा अति वर्षाको समेत सम्भावना छ ।

    राति पनि कोशी, मधेश, बगमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।

    महाशाखाले गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सतर्क रहन आग्रह गरेको छ ।


    बुधवार, आषाढ २६ २०८१०७:०७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij