Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

नेपाल पब्लिक क्याम्पस संघको ३४ औँ वार्षिकोत्सव समारोह सम्पन्न

नेपाल पब्लिक क्याम्पस संघको ३४ औँ वार्षिकोत्सव समारोह सम्पन्न

  • मंगलवार, आषाढ २५ २०८१

  • 1.1K
    SHARES

  • नेपाल पब्लिक क्याम्पस संघको ३४ औँ वार्षिकोत्सव समारोह सम्पन्न

    काठमाडौं । नेपाल पब्लिक क्याम्पस संघको ३४ औँ वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न भएको छ । संघका अध्यक्ष शत्रुघ्नप्रसाद गुप्ताको अध्यक्षतामा सञ्चालन भएको वार्षिकोत्सव समारोहका प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारी रहनु भएको थियो भने विशिष्ट अतिथि त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. खड्ग के.शी. र चन्द्रागिरी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष शिवकुमार महर्जन रहनुभएको थियो ।

    कार्यक्रममा संघका पदाधिकारी, सदस्यहरू, सल्लाहकारहरू, सञ्चालक समितिका अध्यक्षहरू, क्याम्पस प्रमुखहरू, प्राध्यापक सङ्घंघका सभापतिहरूको उपस्थिति रहेको थियो । उपस्थित सम्पूर्णलाई संघका उपाध्यक्ष प्रदिपकुमार कटुवालले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रममा संघको वार्षिक प्रतिवेदन स्मारिका प्रमुख अतिथि र विशिष्ट अतिथिद्वारा बिमोचन भयो । स्नातक तहमा विभिन्न सङ्कायमा सामुदायिक क्याम्पसहरूमध्ये व्यवस्थापन सङ्काय तर्फ सर्वोत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने निलकण्ठ बहुमुखी क्याम्पसका विद्यार्थी आभाष मिश्रलाइ गणेशमान पालिखे स्मृति कोषबाट १५ हजारसहित सम्मान पत्र र शिक्षा सङ्काय (साधारण) तर्फ सर्वोत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने मंगल बहुमुखी क्याम्पसका विद्यार्थी दिपक खत्रीलाई सघंका पूर्व उपाध्यक्ष धनलाल महर्जनको ममतामयी माता विष्णुदेवी महर्जन र पिता चुनलाल महर्जनको स्मृति कोषबाट १५ हजारसहित सम्मान पत्र र सम्बन्धित क्याम्पसलाई पनि सम्मान गरिएको थियो ।

    2.jpg

    नेपाल पब्लिक क्याम्पस संघका संस्थापक अध्यक्ष स्व. सिद्धिविक्रम जोशीलाई मरणोपरान्त सम्मान गरियो । साथै विश्वविद्यालय अनुदान आयोगका उपनिर्देशक डुलराज चिमरियाबाट `Strategic Development of Community Campuses: Digitalization, Research, and Beyond´ बिषयमा प्रस्तुतीकरण सम्पन्न भयो । कार्यक्रममा सम्बोधन गर्दै शिक्षाध्यक्ष प्रा.डा. खड्ग के.सी.ले सामुदायिक क्याम्पसमा कार्यरत शिक्षकहरूको स्तर निर्धारण, सम्बन्धन तुरून्तै खोल्ने, विश्वविद्यालयले शैक्षिक क्यालेण्डर लागू गर्ने कुरा, आदि बारेमा विचार व्यक्त गर्नुभएको थियो ।

    3.jpg

    त्यसैगरी प्रमुख अतिथि प्रा.डा. देवराज अधिकारीले सामुदायिक क्याम्पसले भोगेका समस्या समाधानका विविध पक्षमा मन्तव्य राख्नु भएको थियो र आगामी दिनमा समेत आयोग यस्ता सामुदायिक क्याम्पसहरूलाई सहयोग गर्ने प्रतिवद्ध रहेको कुरा जानकारी गराउनु भयो ।

    कार्यक्रममा ६० भन्दा बढी सामुदायिक क्याम्पसहरूको सहभागीता रहेको थियो ।


    मंगलवार, आषाढ २५ २०८१०५:५८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij