काठमाडौं। कञ्चनपुरमा खाल्डोमा जमेको पानीमा डुबेर तीन किशोरीको मृत्यु भएको छ। आज पुनरवास नगरपालिका–५ (ग) गाउँ रातोखालेको डुवान भएको खल्ला क्षेत्रमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका तीनै जनाको शव फेला परेको हो ।
आज दिउँसो पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सीर्जना बोगटी र १६ वर्षीया आरती बोगटी बेपत्ता भएका थिए।
बेपत्ता भएका तीनजनै किशोरीहरूको खोजीकार्य गर्दा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पुष्कर पन्तले जानकारी दिनुभयो।