Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

रोल्पामा भएको जिप दुर्घटनामा सात जनाको मृत्यु (नामसहित)

रोल्पामा भएको जिप दुर्घटनामा सात जनाको मृत्यु (नामसहित)

  • मंगलवार, आषाढ १८ २०८१

  • 419
    SHARES

  • रोल्पामा भएको जिप दुर्घटनामा सात जनाको मृत्यु (नामसहित)

    काठमाडौं । रोल्पामा हिजो साँझ भएको जिप दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी सात जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा एक नाबालक पनि रहेका छन् । घटनामा १० जना घाइते भएका छन् ।रोल्पाको माडी गाउँपालिका ४ घर्तीगाउँबाट तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका परेवा छहरामा दुर्घटना भएको हो ।

    मृत्यु हुनेमा माडी गाउँपालिका–३ तालावाङका जुनमाया खड्का र खडकबहादुर डाँगी, दाबाङकी अमृता घर्ती, अमृताकी १८ महिनाको छोरी, परिवर्तन गाउँपालिका– २ राङ्सीकी रामकली पुनको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

    यस्तै रेऊघा अस्पतालमा उपचारका लागि पुर्‍याइएका माडी गाउँपालिका–३ दाबाङका झुपलाल डाँगीको पनि मृत्यु भएको छ ।

    यस्तै उपचारका क्रममा रहेका पुर्‍याइएका माडीका झुपलाल डाँगी र एक महिलाको मृत्यु भएको हो । महिलाको सनाखत हुन सकेको छैन ।


    मंगलवार, आषाढ १८ २०८१०७:०६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij