काठमाडौं । बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै र सामान्य बढ्ने अवस्थामा रहेका छन्।
महाशाखाका अनुसार आज ताप्लेजुङ, संखुवासभा, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, नवलपरासी (ब.सु.पू), नवलपरासी (ब.सु.प), पाल्पा, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, दाङ, रोल्पा, बाँके, बर्दिया र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरूमा बहाव बढ्ने तथा केही स–साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान छ ।
साथै इलाम, तेह्रथुम, पाँचथर, भोजपुर, उदयपुर, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, चितवन, लमजुङ, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, प्युठान, सल्यान, दैलेख, कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा बहाव बढ्ने तथा केही स(सान नदीमा आकस्मिक बाढीको जोखिम रहने महाशाखाको भनाई छ।
सोमबार पनि देशभरका अधिकांश स(साना नदीहरूमा बहाव बढ्ने तथा कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश भई बहने केही स–साना नदीहरूमा आकस्मिक बाढी हुन सक्ने पूर्वानुमान छ । मंगलबार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश भई बहने केही स(साना नदीहरूमा बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ ।