Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

रौतहटमा बस दुर्घटनाः एकको मृत्यु, १३ घाइते

रौतहटमा बस दुर्घटनाः एकको मृत्यु, १३ घाइते

  • शनिवार, आषाढ १५ २०८१

  • 742
    SHARES

  • रौतहटमा बस दुर्घटनाः एकको मृत्यु, १३ घाइते

    काठमाडौं। रौतहटमा यात्रुवाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

    आज सदरमुकाम गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको ना७ख ८४१४ नम्बरको बस जयनगर चोकमा अनियन्त्रित भई पल्टिएको हो। घाइतेमा महिला र बालबालिकाको संख्या बढी छ।

    द्युर्घटनामा माधव नारायण नगरपालिका–३ भेलही गाउँकी १८ वर्षीया नेहा गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ। गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

    घाइते १३ जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बसका चालक फरार रहेकोले खोजी भइरहेको प्रहरीले जनाएको छ।

    पुरानो बसलाई तीव्र गतिमा कुदाएका कारण अनियन्त्रित भएको हुनसक्ने स्थानीयको अनुमान छ।


    शनिवार, आषाढ १५ २०८१०३:४५:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij